
काठमाडौं। माघ ४ गतेदेखि हुने भारत मोबिलिटी एक्स्पोमा धेरै अटोमोबाइल कम्पनीले सहभागिता जनाउने तयारी गरिरहेका छन्।
चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीले पनि एक्स्पोमा स्टल राख्दैछ। कम्पनीले विशेषगरी सिलायन-७ प्रदर्शनीमा राख्ने भएको छ।
कम्पनीले यो गाडीमा धेरै उत्कृष्ट फिचर्स प्रदान गरेको छ।
बीवाइडीले सिलायन-७ लाई इलेक्ट्रिक एसयुभीको रूपमा ल्याएको छ। यसमा ९१.३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री छ। यसको टप स्पीड २१५ किलोमिटर प्रति घण्टा हो। यसको ब्याट्री २३० किलोवाटको चार्जरबाट मात्र २४ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
सिलायन-७ इलेक्ट्रिक एसयुभीमा एलईडी लाइट, एलईडी डीएलआर, प्यानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, १५.६ इन्च घुम्ने सेन्टर टचस्क्रिनसहितको इन्फोटेनमेन्ट सिस्टम, नाप्पा लेदर सिट, डुअल टोन इन्टेरियर, एम्बियन्ट लाइट, १२ स्पिकर अडियो सिस्टम, भेन्टिलेट र तातो सिट छ।
यस्तै वायरलेस फोन चार्जर, ५२० लिटर बुट स्पेस, हेड अप डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फ्लस डोर ह्यान्डल, इन्टेलिजेन्ट टर्क एडप्टेसन कन्ट्रोल सिस्टम, एडभान्स सस्पेन्सन सिस्टम, फोर जोन भ्वाइस कन्ट्रोल, एन्ड्रोइड अटो, एप्पल कार प्ले, ओटीए, एनएफसी इनेबल कार्ड, रिमोट एसी कन्ट्रोल, भेहिकल-टु-लोड जस्ता सुविधा उपलब्ध छन्।
यो गाडी गत भदौमा भएको नाडा अटो शोमा राखिएपनि अहिलेसम्म नेपाली बजारमा बिक्रीमा राखिएको छैन। कम्पनीले बिक्री गर्ने गरी छिट्टै नै ल्याउने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ।