
काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी कायीको ‘एक्सथ्री प्रो’ इभी खरिद गर्न चाहनेका लागि बिक्रेताले विशेष अफर घोषणा गरेका छन्। उक्त इलेक्ट्रिक एसयुभी नेपाली बजारमा ५ वर्षसम्मको शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने छ।
कायीको नेपालमा लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले उक्त अफर योजना आइतबार सार्वजनिक गरेको हो। यो अफर केही समयको लागि मात्रै ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अहिले गाडी खरिद गर्दा ग्राहकले ५ वर्षसम्म शून्य प्रतिशत ब्याजदर सुविधा पाउनेछन्। यसको अर्थ कायीको गाडी खरिद गर्दा ५ वर्षसम्म ब्याज लाग्ने छैन।
यो गाडीमा १२० किलोवाट क्षमताको मोटर पावर छ भने ५३.६ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री उपलब्ध छ। यसमा भएको ब्याट्रीले फुल चार्जमा ३७० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ।