पशुपति धर्मशाला क्षेत्रमा व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्न उच्च अदालतको आदेश

बिजमाण्डू
२०८१ पुष २६ गते २१:२५ | Jan 10, 2025
पशुपति धर्मशाला क्षेत्रमा व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्न उच्च अदालतको आदेश

काठमाडौं। उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ।

Tata
GBIME
NLIC

न्यायाधीशहरू खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकलाई उक्त व्यापार–व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको हो। 

“यसमा माडवारी सेवा समिति नेपालविरूद्व पशुपति क्षेत्र विकास कोषसमेत भएको रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारबाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१-०८-३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडबारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नू, नगराउनू।”

एसिएन ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिकाविरूद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो। यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो। रासस