नामीको नेपालमा पहिलो आधिकारिक शोरुम संचालनमा, आज गरियो उद्घाटन

बिजमाण्डू
२०८१ पुष २६ गते १४:३० | Jan 10, 2025
नामीको नेपालमा पहिलो आधिकारिक शोरुम संचालनमा, आज गरियो उद्घाटन

काठमाडौं। डङ्फेङ नामीको नेपालमा पहिलो आधिकारिक शोरुम संचालनमा आएको छ। नामीको आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले उक्त शोरुम नक्सालमा शुक्रबार संचालनमा ल्याएको हो।

Tata
GBIME
NLIC

उक्त शोरुमको एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवाल र कन्ट्री म्यानेजर फान झिवानले उद्घाटन गरेका छन्।

अग्रवालले नामी राम्रो गाडी रहेको बताए। नामीको गाडी ह्याचब्याक सेग्मेन्टमा बेस्ट कार रहेको उनको दाबी छ। नामीमा यो सेग्मेन्टमा बेस्ट इन क्लास फिचर लोडेड सुविधा रहेको उनको भनाइ छ।

‘हाम्रो अटोमोबाइल क्षेत्रमा ४ दशकभन्दा लामो अनुभव छ। हामी ग्राहकहरूको सर्भिसमा कुनै पनि कमीकमजोरी बाँकी राख्दैनौँ,’ उनले भने, ‘नामीमा पनि हामी त्यो हुन दिदैनौँ। हामीले नामीका लागि सर्भिस सेन्टर र चार्जिङ स्टेशन निर्माण गर्न जोड गरिरहेका छौँ।’

कम्पनीले नामीको शोरुमलाई बिल्कुलै फरक तरिकाबाट निर्माण गरेको जनाएको छ। कम्पनीले नामीको शोरुमलाई पूर्ण रूपमा नयाँ आयाम दिएको जानकारी दियो।

कम्पनीका अनुसार आधुनिक लाइटिङ एम्बियन्सले शोरुमलाई स्टाइलिस र भव्य बनाएको छ।

नामीको अहिलेसम्म ४०० युनिट गाडी नेपाली बजारमा आयात भएको छ। कम्पनीले सन् २०२४ मा भने ३५४ युनिट बिक्री गरेको थियो।