साढे ३१ करोड बक्यौता तिरेपछि सुबिसु केबलनेटको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

बिजमाण्डू
२०८१ पुष २६ गते १२:४७ | Jan 10, 2025
साढे ३१ करोड बक्यौता तिरेपछि सुबिसु केबलनेटको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको लाइसेन्स नवीकरण भएको छ। कम्पनीले ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बक्यौता तिरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले उसको लाइसेन्स नवीकरण गरेको हो।

Tata
GBIME

सुबिसुको लाइसेन्स पुस २५ गते ५ वर्षका लागि नवीकरण गरेको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

सुबिसुले रोयल्टीबापत १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ र ग्रामीण दूरसञ्चार विकास कोषबापत १३ करोड ८९ लाख ७९ हजार ५९० रुपैयाँ बुझाएको छ।

यसअघि गत कात्तिक ३० गते वर्ल्डलिंकले २ अर्ब १५ करोड रुपैयाँ बक्यौता बुझाएको थियो।

सातवटा आएएसपीले भने अझै बक्यौता तिरेका छैनन्। उनीहरुको नाममा १ अर्ब ३७ करोड रुपैयाँ बक्यौता छ।