काठमाडौं । भारतीय बजारमा टाटा मोटर्सले टियागो इभी र टिगोरको २०२५ भर्सन सार्वजनिक भएको छ।
बिहीबार कम्पनीले उक्त दुई मोडलको बजारमा सार्वजनिक गरेको हो। कम्पनीले यसलाई फेसलिफ्ट मोडलका रुपमा बजारमा ल्याएको हो।
टियागो इभी र टिगोर दुवै नेपाली बजारमा रुचाइएका गाडीहरु हुन्। कम्पनीले टियागोलाई पेट्रोल भर्सनमा पनि बजारमा ल्याएको छ।
टियागो इभिमा इन्टेरियरमा एलईडी हेडलाइट्स, डोरमा इभी ब्याच दिइएको छ। यसमा अपडेट गरिएको रियर क्यामेरा, नयाँ १०.२५ इन्चको स्क्रिन र अटोमेटिक हेडल्याम्पहरु प्रदान गरिएको छ।
कटिगोरको पेट्रोल भर्सनमा ३६० डिग्री क्यामेरा, १०.२५ इन्च इन्फोटेनमेन्ट स्क्रिन, टु-स्पोक ह्वील र इलुमिनेटेड लोगो राखिएको छ। यसमा इन्जिन पावर भने केही परिवर्तन गरिएको छैन। तर यसमा सिएनजी विकल्प पनि प्रदान गरिएको छ।