नक्सालमा नामीको पहिलो आधिकारिक शोरुम तयार, आजदेखि संचालनमा ल्याउने तयारी

बिजमाण्डू
२०८१ पुष २६ गते ०६:४३ | Jan 10, 2025
नक्सालमा नामीको पहिलो आधिकारिक शोरुम तयार, आजदेखि संचालनमा ल्याउने तयारी

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय गाडी ब्रान्ड नामीको सुविधा सम्पन्न शोरुम तयार भएको छ। डङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले पहिलो शोरुम तयार पारेर संचालनमा ल्याउन लागेको हो।

Tata
GBIME

कम्पनीले नक्साल ‘स्टेट अफ द आर्ट’ थिममा शोरुम तयार गरेको हो। शुक्रबारदेखि यो शोरुम संचालनमा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ। 

शोरुमलाई आधुनिक लाइटिङ एम्बियन्समा सजाइएको छ। जसले शोरुम स्टाइलिस र भव्य देखिन्छ। 

नामी ब्रान्ड गत भदौमा भएको नाडा अटो शोबाट नेपाली बजारमा इन्ट्री गरेको थियो। त्यसपछि कम्पनीले नेपाली बजारमा अहिलेसम्म ३५४ युनिट नामी आयात गरिसकेको छ। 

नामी ई १ को मूल्य ३० लाख २४ हजार रुपैयाँ छ। यस्तै नामी ई २ को मूल्य ३२ लाख ४९ हजार तथा नामी ई-३ को मूल्य ३५ लाख ९९ हजार रुपैयाँ छ।