नेपाल कबड्डी लिगको टिकेटिङ पार्टनरमा खल्ती, प्रशारण काष्ठमण्डप टिभीबाट

बिजमाण्डू
२०८१ पुष २५ गते १८:३८ | Jan 9, 2025
नेपाल कबड्डी लिगको टिकेटिङ पार्टनरमा खल्ती, प्रशारण काष्ठमण्डप टिभीबाट
एस्ट्रोनिक्स म्यानेजमेन्टका रोहन बेगानी र खल्तीका चिफ विजनेस अफिसर अविनाश गुप्ता ।

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को टिकटिङ पार्टनरमा खल्तीसँग सम्झौता भएको छ। प्रतियोगिताको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले टिकेटिङ पार्टनरको रुपमा खल्तीलाई भित्र्याएको हो।

Tata
GBIME

सम्झौतापत्रमा एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित कुमार बेगानी र खल्तीका चिफ विजनेस अफिसर अविनाश गुप्ताले हस्ताक्षर गरेका छन्।

एनकेएलले टेलिभिजन प्रशारण अधिकारको लागि काष्ठमण्डप टेलिभिजनसँग सम्झौता गरेको छ।

भारतमा सफल बनेको प्रो कबड्डी लिगकै ढाँचामा हुने यो लिग माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ।

फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन्।