सेयर बजार परिसूचक १८.१४ अंकले घट्यो, कारोबार रकम भने बढेर ७ अर्ब ३० करोड

बिजमाण्डू
२०८१ पुष २५ गते १५:२२ | Jan 9, 2025
सेयर बजार परिसूचक १८.१४ अंकले घट्यो, कारोबार रकम भने बढेर ७ अर्ब ३० करोड

काठमाडौं। लगातार बढेको सेयर बजार परिसूचक साताको अन्तिम कारोबार दिन भने घटेको छ। बिहीबार नेप्से परिसूचक १८.१४ अंकले ओरालो लागेर २६३५.०९ विन्दुमा झरेको छ। अघिल्लो दिनका तुलनामा कारोबार रकम भने बढेको छ।

Tata
GBIME
NLIC

होटल तथा पर्यटनबाहेक सबै उपसमूह घट्दा बजार परिसूचक घटेको हो। फाइनान्सको सूचक सर्वाधिक २.९३ प्रतिशतले घटेको छ। विकास बैंक २.०४, माइक्रो फाइनान्स १.२५ र लाइफ इन्स्योरेन्सको सूचक १.१४ प्रतिशतले ओरालो लागेको छ।

१८० कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंकको सूचक ९.२३ प्रतिशतले ओरालो लागेको छ।

५५ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ।

७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक सुपर मादी हाइड्रोपावरको ४४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, स्याङे पावर डेभलपमेन्ट २८ करोड ३२ लाख, सिन्धु विकास बैंक २५ करोड २४ लाख र हिमालयन पावर पार्टनर १९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि बुधबार नेप्से परिसूचक ६.३८ अंकले उकालो लागेर २६५३.२३ विन्दुमा पुग्दा ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।