बबरमहलमा ‘नोस्टाल्जिक’ बनाउने मुस्ताङका दृश्यहरु, तस्वीरमा धीरता र प्रकृतिको संगम

बिजमाण्डू
२०८१ पुष २४ गते १७:१९ | Jan 8, 2025
बबरमहलमा ‘नोस्टाल्जिक’ बनाउने मुस्ताङका दृश्यहरु, तस्वीरमा धीरता र प्रकृतिको संगम

काठमाडौं । मुस्ताङ पुग्नु भएको छ ? उपल्लो मुस्ताङलाई नजिकबाट नियाल्नु भएको छ ? त्यहाँ पुगेर पनि अझै विविध परिदृश्य हेर्न छुटेको लागेको होला पनि। वा एक पटक मुस्ताङ पुग्ने रहर हुँदा हुँदै पनि पुग्न सक्नु भएको छैन भने तपाईंलाई अवसर छ मुस्ताङलाई नजिकबाट चिन्ने।

Tata
GBIME
NLIC

अब त्यसका लागि मुस्ताङ नै पुग्नु पर्दैन। तपाईं पुग्नुपर्ने हुन्छ बबरमहल।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलहरुमा अहिले बौद्ध मन्त्रहरु बजिरहेका छन्। तीन तल्ले घरका सबै कोठामा ठूला पानारोमा तस्वीरहरु झुन्ड्याइएका छन्।

जति मानिस प्रदर्शनी हल पुगिरहेका छन् उनीहरु धेरैको प्रश्न छ – यी तस्वीर नै हुन् वा पेन्टिङ ?

बबरमहलका प्रदर्शनी हलका भित्तामा झुण्डाइएका तस्वीरहरु खिचेका हुन् किशोर कायस्थले। लामो समयदेखि व्यावसायिक फोटोग्राफरका रुपमा नेपालमा परिचित उनले ‘क्लिक’ गरेका मुस्ताङका तस्वीरहरु अहिले ‘टक अफ दी टाउन’ बनेका छन्।

विशेषगरी फोटोग्राफीमा रुची राख्नेहरुका लागि त यो प्रदर्शनी त ‘धीरता’बारे बुझ्ने अद्भुत ‘जक्सन’ हो। प्रकृतिको रुपलाई धैर्य गरेर कायस्थले जसरी कैद गरेका छन् त्यसले नेपाललाई विश्वभर चिनाउन थप बल दिनेछ। यी तस्वीरहरु आफैंमा नेपालका ‘सफ्ट पावर’ हुन् भन्दा फरक पर्दैन।

अमेरिकी दूतावास र गेहेन्द्र धिमाल फाउन्डेसनसँगको सहकार्यमा गत सोमबारदेखि सुरु भएको यो प्रदर्शनी माघ १ गते सम्म जारी रहनेछ।

प्रदर्शनीमा राखिएका तस्वीरहरुबाट कायस्थले अमेरिकाको एम्बाडेर्स फन्ड फर कल्चरल प्रिजर्भेसनद्वारा समर्थित मुस्ताङमा भएका पुन: स्थापना परियोजनालाई पनि देखाउन खोजेका छन्।

त्यससँगै मुस्ताङको जीवनशैली, भूगोल, प्रकृति, संस्कृति र ‘नोस्टाल्जिक’ पार्ने परिदृश्यहरु पनि प्रस्तुत गरिएको छ।

त्यसैले त प्रदर्शनीलाई नाम दिइएको छ – मुस्ताङ नोस्टाल्जिया : ए टु डीकेड ओडीसी।