नेप्से परिसूचक ६.३८ अंकले उकालो, ६ अर्ब ४० करोड ७९ लाखको सेयर कारोबार

बिजमाण्डू
२०८१ पुष २४ गते १५:२४ | Jan 8, 2025
नेप्से परिसूचक ६.३८ अंकले उकालो, ६ अर्ब ४० करोड ७९ लाखको सेयर कारोबार

काठमाडौं। सेयर बजार सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ६.३८ अंकले उकालो लागेर २६५३.२३ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

फाइनान्स, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीले बजार बढाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक ४.७० प्रतिशत र विकास बैंक समूहको सेयर मूल्य २.५३ प्रतिशतले बढेको छ।

१३९ कम्पनीको सेयर मूल्य बढेको छ। समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।

९५ कम्पनीको सेयरको भाउ घटेको छ। सामुदायिक लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

६ अर्ब ४० करोड ७९ लाख रुपैयाँको सेयर किनबेच हुँदा ङादी हाइड्रोपावरको सर्वाधिक २२ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, सिन्धु विकास १९ करोड ७७ लाख र सुपर मादी हाइड्रोपावरको १८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।