कतारको दोहाबाट आएका २५ वर्षीय युवक सुन सहित विमानस्थलबाट समातिए

बिजमाण्डू
२०८१ पुष २३ गते १२:२७ | Jan 7, 2025
कतारको दोहाबाट आएका २५ वर्षीय युवक सुन सहित विमानस्थलबाट समातिए


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छलि गरेर सुन ल्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

भन्सार छली गरि ल्याइएको करिब ६१ ग्राम तौल बराबरको सुनको धातुको ढिक्का १ थान र औठी १ थान प्रहरीले बरामद् गरेको छ।

एयर इन्डियाको उडानदेखि दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट सुनसहित फेला नियन्त्रणमा लिइएको हो। 

प्रहरीले उनलाई अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ।