स्वर्णलक्ष्मी सहकारीको रकम हिमामिनामा कसरी जोडिए रवि लामिछाने? यस्तो छ अभियोगपत्रमा

बिजमाण्डू
२०८१ पुष २१ गते १८:०४ | Jan 5, 2025
स्वर्णलक्ष्मी सहकारीको रकम हिमामिनामा कसरी जोडिए रवि लामिछाने? यस्तो छ अभियोगपत्रमा


काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार अर्को मुद्दा अदालतमा पुगेको छ।

Tata
GBIME
NLIC

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दायर गरेको हो।

सहकारीको रकम हिनामिनामा रविको संलग्नता कसरी देखियो?

गोरखा मिडिया नेटवर्कमा सञ्चालक एवम् प्रबन्धक निर्देशकको भूमिकामा रहँदा रविले सहकारीको रकम हिनामिना गरेको आरोप लगाइएको छ।

अभियोग पत्र अनुसार रवि गोरखा मिडिया नेटवर्कमा १ लाख ८० हजार कित्ता सेयरसहितको सञ्चालक थिए। गोरखा मिडिया नेटवर्कको सञ्चालक समितिले २०७७ चैत २० गते रविलाई १६% सेयरसहित कम्पनीको हिस्सेदार बनाएको थियो।

गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा स्वर्णलक्ष्मीको नामबाट २ करोड ६५ लाख रुपैयाँ आएको र २ करोड ४० लाख रुपैयाँ जम्मा हुँदा रवि गोर्खा मिडिया नेटवर्कको सेयर सदस्य तथा प्रबन्ध निर्देशक रहेको अभियोगपत्रमा उल्लेख छ।

अभियोग पत्र अनुसार रविले गोरखा मिडियाको ग्लोबल आइएमई बैंकमा रहेको खाताबाट चेकमार्फत स्वर्णलक्ष्मीको नाममा १६ थान चेकबाट ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेको देखिन्छ।

उनीमाथि गोर्खा मिडियाको बैंक खातामा सहकारीबाट पैसा जम्मा भएको भन्ने जानीजानी वित्तीय कारोबार गरेको आरोप लगाइएको छ।

स्वर्णलक्ष्मी सहकारीमा जीबी राई सँगको संयुक्त नाममा रहेको ००१-००१-०००४३७९ नम्बरको ऋण खाताबाट २०७८ भदौ ४ गते गाडी किन्न ३२ लाख २१ हजार ६०० र २०७८ मंसिर १ गते भ्यान खरिद गर्न ४६ लाख रुपैयाँ लिएको पाइएको अभियोगपत्रमा उल्लेख छ।

रवि कम्पनीमा लामो समय रहेनन्। उनी आफ्नो नामको सेयर अध्यक्ष जीबी राईलाई विक्री गरी बाहिरिए।

सेयर विक्रीबापत प्राप्त भएको १ करोड ८० लाख रुपैयाँ रविले नगद नै बुझेको कागजमा हस्ताक्षर गरेको र कम्पनीमा कुनै दायित्व नरहने गरी राजीनामा दिएको अभियोगपत्रमा उल्लेख छ। सञ्चालक समितिसमक्ष उनले २०७९ असार १ गते पेस गरेको राजीनामा त्यही दिन स्वीकृत भएको थियो।