सिटी एक्सप्रेसबाट ४१ हजार ९०९ रुपैयाँ पठाएका निराजन ढकालले जिते १८ गुणा बढी रकम

बिजमाण्डू
२०८१ पुष १७ गते १६:५९ | Jan 1, 2025
सिटी एक्सप्रेसबाट ४१ हजार ९०९ रुपैयाँ पठाएका निराजन ढकालले जिते १८ गुणा बढी रकम

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत विजेताको नाम घोषणा गरेको छ।

Tata
GBIME

कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक एवम् प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितीमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो।

कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकाल मेगा बम्पर उपहार अन्तर्गत आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने व्यक्ति बने। ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ रुपैयाँको १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ रुपैयाँ जितेको कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मंसिर ३० गते सम्म चल्ने गरि यो योजना सुरु गरेको थियो।

सो योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टि भीसाथै ९० दिनलगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० को सिटी पे वालेट टप् अपको व्यवस्था पनि थियो। यस अवधिमा १ हजार ६२० जनाले दैनिकउपहार (५०० को वालेट टप अप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जितेका थिए।