जेएमइभी ब्रान्डमा दुई कम्पनी, शंकर ग्रुपले सेडान कार भित्र्याएकामा ट्याक्सी ल्याउँदै सरिना जी ट्रेडर्स

बिजमाण्डू
२०८१ पुष १४ गते १३:१७ | Dec 29, 2024
जेएमइभी ब्रान्डमा दुई कम्पनी, शंकर ग्रुपले सेडान कार भित्र्याएकामा ट्याक्सी ल्याउँदै सरिना जी ट्रेडर्स


काठमाडौं। नेपाली बजारमा शंकर ग्रुपले भित्र्याएको नयाँ ब्रान्डको विद्युतीय गाडी ल्याउन अर्को कम्पनी पनि लागेको छ।

Tata
GBIME
NLIC

शंकर ग्रुप अन्तर्गतको सौर्य अटोमोबाइल्सले केही दिनअगाडि जेएमइभी ब्रान्डको जीएसई मोडलको सेडान कार भित्र्याएकामा त्यही ब्रान्डको ट्याक्सी सरिना जी ट्रेडर्सले ल्याउने भएको छ।

सरिना जी ट्रेडर्सले आइतबार इभी ट्याक्सी भित्र्याउन भन्सार प्रायोजनका लागि अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। कम्पनीले ट्याक्सीको मूल्य ४२ लाख रुपैयाँ तोकेको छ। ट्याक्सीको नाम ‘इभीइजी’ राखिएको छ।

कम्पनीले यो ट्याक्सी प्यारेन्ट कम्पनीबाट भने ल्याउन लागेको होइन। सूचनामा उल्लेख गरिए अनुसार कम्पनीले चीनको नानचाङ्ग जियलिङ मोटर्स ग्रुप हेङ्मेई इम्पोर्ट एण्ड एक्स्पोर्टबाट ट्याक्सी ल्याउन लागेको हो।

यसमा ९९ किलोवाट मोटर र ४७ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री छ। एक पटकको फुल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने कम्पनीले सूचनामा उल्लेख गरेको छ। कम्पनीले पहिलो लटमा २४ युनिट गाडी भन्सार पास गर्न लागेको छ।

जगदम्बा मोटर्सले दरबारमार्गमा शोरुम संचालन गरिरहेकामा सरिना जी ट्रेडर्सले बाँसबारीमा राख्न लागेको छ।