बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीलाई भन्यो : दाबी भुक्तानीको जानकारी बीमितलाई गराउनु

बिजमाण्डू
२०८१ पुष १४ गते ०९:५३ | Dec 29, 2024
बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीलाई भन्यो : दाबी भुक्तानीको जानकारी बीमितलाई गराउनु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई दाबी भुक्तानीको जानकारी बीमितलाई गराउन निर्देशन दिएको छ।

Tata
GBIME

प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुलाई बीमा दाबी निवेदन आएपछि दर्ता गरेर सोको जानकारी एसएमएस मार्फत बीमितलाई गराउन निर्देशन दिएको हो।

निर्जीवन बीमाको क्षति मूल्यांंकन गर्न सर्भेयर खटाएको तथा प्रतिवेदन प्राप्त भएको सूचना बीमितलाई गराउन सूचनामा भनिएको छ।

त्यस्तै, इन्स्योरेन्सलाई बीमा दायित्वको रकम बीमितको बैंक खातामा डिजिटल माध्यमबाट भुक्तानी गर्न पनि निर्देशन दिएको छ।

लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बीमालेखको रकम समायोजन नपाइने निर्देशनमा उल्लेख छ।