इजी डेन्टलमा सिटिजन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

बिजमाण्डू
२०८१ पुष ९ गते १४:५७ | Dec 24, 2024
इजी डेन्टलमा सिटिजन्स बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुले इजी डेन्टल प्रा.लिमा विषेश छुट पाउने भएका छन्।

Tata
GBIME
NLIC

काठमाडौंको महांकाल स्थित इजी डेन्टल प्रा.लिमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशत सम्मको छुट पाउने छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हालैमात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गरेको थियो।