आइसिटी अवार्ड सम्पन्न, विभिन्न १५ विधामा क-कसले हात पारे अवार्ड?

बिजमाण्डू
२०८१ पुष ९ गते ०९:४४ | Dec 24, 2024
आइसिटी अवार्ड सम्पन्न, विभिन्न १५ विधामा क-कसले हात पारे अवार्ड?

काठमाडौं। नवौं संस्करणको आइसीटी अवार्डमा विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई रिकग्निसन प्रदान गरिएको छ।

Tata
GBIME
NLIC

यस वर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौं विश्वविद्यालयका संस्थापाक उपकुलपती प्रा.डा. सुरेशराज शर्माले पाएका छन्।

यस्तै, एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन्। प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड डा. विशेष खनालले प्राप्त गरे। आन्टरप्रेनर्स आइसिटी अवार्ड फुडमान्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आइसिटी अवार्ड नामी बरालले पाएका छन्।  

यस वर्षको स्टार्टअप आइसिटी अवार्ड क्रिम्सन टेक कम्पनीले जित्न सफल भयो। सोसियल इन्नोभेसन आइसिटी अवार्ड जियोकृषिले प्राप्त गरेको छ।

त्यसैगरी, प्रडक्ट आइसिटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्‍यो भने राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ।

सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रोपे पब्लिक च्याइस आइसिटी अवार्ड ज्याप सर्भिसेसले पाएको छ। सातै देशहरुका स्टार्टअपहरु लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आइसिटी अवार्ड २०२४ भारतको हाइफन एससीएसले जितेको छ।

यसैगरी संस्थागत अवार्ड विधाहरुमा डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ। डिजिटल सर्भिसेस अवार्ड आइएमइ पेले जितेको छ। डिजिटल एजुकेसन आइसिटी अवार्ड पब्लिक र निजी क्षेत्रमा क्रमश: सुकुना माबि मोरङ र एलआरआइ कलंकीले प्राप्त गरेका छन्।

यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेश अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन्।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आइसिटी अवार्ड कार्यक्रम सञ्चालन गर्दै आएको छ।  

आइसिटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा ८०० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जनाएको छ। १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ वटा बढी बैठक सञ्चालन गर्दै छनोट प्रक्रिया टुंग्याएको छ।