
काठमाडौं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश डा. नहकुल सुवेदी र शारंगा सुवेदीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार प्रसाइँलाई रिहा गर्न आदेश दिएको हो।
प्रसाइँ साइबर अपराधको कसुरमा मंसिर पहिलो साता भक्तपुरस्थित निवासबाट पक्राउ परेकामा जिल्ला अदालत काठमाडौंले मंसिर २७ गते ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
धरौटी बुझाए लगत्तै प्रहरीले आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रसाइँलाई पक्राउ गरेको थियो।