
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम आयोजना गरेको छ।
सो कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान एवं प्रशिक्षण प्रदान गरिएको हो।
कम्पनीकाअध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंले तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण गरेकी थिइन्। यस्तै, विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएकाअभिकर्ताहरुलाई सम्मान प्रदान पनि गरेकी थिइन्।
कार्यक्रममा सिंहले २०८०।८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमाअभिकर्ताहरुको अतुलनिय योगदान रहेको बताएकी थिइन्। साथै उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको भन्दै कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनस दर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापकअभिकर्ता संजाल आदी सबैले कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताएकी थिइन्।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी नयाँ अभ्यासहरु सुरु गरेको बताएका थिए। उनले यसबाट व्यवसायिक अभिकर्ताहरुलाई प्रत्यक्ष लाभ पुगेको बताए।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए।
समारोहमा २०८०/८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, २०८०/८१ मा संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरुलाई पनि सम्मान गरिएको थियो।
यसैगरी, नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरि प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरि ७ जना अभिकर्ताहरुलाई पनि सम्मान गरिएको थियो।