तस्विरमा नेपाल राष्ट्र बैंकको नवनिर्मित भवन, दुई विभागको सेवा अब थापाथलीबाट

प्रवीण रानाभाट
२०८१ पुष १ गते १६:१९ | Dec 16, 2024
तस्विरमा नेपाल राष्ट्र बैंकको नवनिर्मित भवन, दुई विभागको सेवा अब थापाथलीबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई विभागको सेवा अब थापाथलीस्थित नवनिर्मित भवनबाट प्रदान गरिने भएको छ

Tata
GBIME

यसअघि बालुवाटार स्थित बैंकको केन्द्रीय कार्यालयबाट प्रदान हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरु आजदेखि थापाथलीबाट संचालनमा आएको हो।

पहिला मुद्रा व्यवस्थापन विभाग थापाथलीमै थियो। २०७२ सालको भूकम्पले भवनमा क्षति पुगे पछि यहाँबाट प्रदान गरिने सबे सेवाहरु बालुवाटारबाट दिइँदै आइएको थियो।

अहिले पुरानो भवनसँगै थापाथलीमा नयाँ भवनहरु समेत निर्माण गरिएको छ। राष्ट्र बैंकको सुरक्षाको लागि सेनाको एक टोली केहीदिनदेखि यता खट्याइएको छ।