एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन भर्ने म्याद १५ दिन थप, पुस १६ सम्मको समय

बिजमाण्डू
२०८१ पुष १ गते १०:५८ | Dec 16, 2024
एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन भर्ने म्याद १५ दिन थप, पुस १६ सम्मको समय

काठमाडौं। एनएलजी इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन भर्ने म्याद थपेको छ। कम्पनीले मंसिर ११ देखि पुस १ गतेसम्म हकप्रद सेयरमा आवेदन खुला गरेकामा अवधि १५ दिन थप गरेको हो।

Tata
GBIME

इन्स्योरेन्सका सेयरधनीले अब पुस १६ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आवेदन खुलाएको छ।

इन्स्योरेन्सले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीबाट ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ पुँजी जुटाउँदैछ।

हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। बुक क्लोजअघि कायम सेयरधनीले आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले २०७८ मा इन्स्योरेन्सको चुक्ता पुँजी वद्धि गर्ने निर्णय गरेको थियो।