सिप्रदी ट्रेडिङ र बस् बीच टाटा गाडीको फ्यूल सिस्टम सम्बन्धी सेवाबारे सम्झौता

बिजमाण्डू
२०८१ मंसिर २७ गते १६:०५ | Dec 12, 2024
सिप्रदी ट्रेडिङ र बस् बीच टाटा गाडीको फ्यूल सिस्टम सम्बन्धी सेवाबारे सम्झौता

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. र बस् लिमिटेड बीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बस् एफ. आई. पिहरुको मर्मत सम्भार सम्बन्धि सेवाको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
NLIC

सम्झौता पश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफ.आई.पि सम्बन्धि मर्मत सम्भारकार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यूनखर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीले जनाएको छ।

यो सम्झौताले सिफारिस नगरिएका तथा ‘नन् जेन्यूइन’ पार्टपूर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान हुने जनाइएको छ।

यो सेवा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ।

एफ.आई.पि मर्मत सम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउदाँ ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूती प्रदान गर्नका लागि कम्पनिले जेन्यूइन पार्ट्सहरुमा ६ महिना सम्मको वारेन्टी सुविधापनिप्रदान गर्ने जनाएको छ।