नेपाल टेलिकमको डेटा सेन्टर बनाउन प्राविधिकरुपमा हुवावे मात्र योग्य, आर्थिक प्रस्ताव १२ गते खोलिने

बिजमाण्डू
२०८१ मंसिर २७ गते १५:४७ | Dec 12, 2024
नेपाल टेलिकमको डेटा सेन्टर बनाउन प्राविधिकरुपमा हुवावे मात्र योग्य, आर्थिक प्रस्ताव १२ गते खोलिने

काठमाडौं। नेपाल टेलिकमको डेटा सेन्टर निर्माण गर्न प्राविधिकरुपमा एउटा मात्रै कम्पनी योग्य ठहरिएको छ। चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिज मात्रै प्राविधिकरुपमा सक्षम देखिएको हो।

Tata
GBIME

५५ करोड रुपैयाँ अनुमानित लागत रहेको डेटा सेन्टर काठमाडौं र भैरहवामा निर्माण हुनेछ।

टेलिकमले काठमाडौंको डेटा सेन्टरलाई प्राइमरी र भैरहवालाई कुनै विपद्‍का बेला रिकभरी सेन्टरकारुपमा विकास गर्ने तयारी गरेको हो। २४ महिनामा डेटा सेन्टर निर्माण गर्ने टेलिकमको योजना छ।

डेटा सेन्टर निर्माण गर्न हुवावेले खामबन्दीसहित कबोल गरेको मूल्य पुस १२ गते खोलिनेछ।

टेलिकमले गत भदौ ६ गते डेटा सेन्टर निर्माणसहित अन्य उपकरण खरिदका लागि ठेक्का आह्वान गरेको थियो। तोकिएको अवधिमा हुवावे र अर्को एक चिनियाँ कम्पनी कम्पनीले डेटा सेन्टरको ठेक्काका लागि प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए। तर, हुवावे मात्रै प्राविधिकरुपमा योग्य बनेको हो।