काठमाडौं। पाँच दिनदेखि निरन्तर घटेको सेयर बजार परिसूचक बुधबार बढेको छ। नेप्से परिसूचक ४५.८८ अंकले बढेको हो।
मंसिर १९ यता पाँच कारोबार दिनमा १०६ अंकले घटेको नेप्से बुधबार २७१५.७१ अंकमा पुगेको छ।
म्युचुअल फण्डबाहेका सबै उपसमूहको सूचक बढेको छ। बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै ३.४३ प्रतिशतले उकालो लागेको छ।
२१२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा ङादी हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ। २८ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।
बजारमा ५ अर्ब ५ करोडको सेयर किनबेच भएको छ। जानकी फाइनान्सको सबैभन्दा धेरै ३६ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो।