सेयर बजार लगातार ओरालो, नेप्से १२.८४ अंकले घट्दा कारोबार ५ अर्ब ६२ करोडमा खुम्चियो

बिजमाण्डू
२०८१ मंसिर २४ गते १५:३६ | Dec 9, 2024
सेयर बजार लगातार ओरालो, नेप्से १२.८४ अंकले घट्दा कारोबार ५ अर्ब ६२ करोडमा खुम्चियो


काठमाडौं। सेयर बजारमा लगातार गिरावट आएको छ। आइतबार ४५.९३ अंकले घटेको नेप्से परिसूचक सोमबार १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा झरेको छ।

Tata
GBIME
NLIC

कारोबारमा आएका फाइनान्स, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन्।

१३८ कम्पनीको सेयर मूल्य घटेको छ। स्वाभिमान लघुवित्तको सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेको छ।

९२ कम्पनीको सेयरमूल्य बढ्यो भने १३ वटाको स्थिर रह्यो। इमर्जिङ नेपालको भाउ सर्वाधिक ८.७६ प्रतिशतले वृद्धि भएको छ।

५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै हिमालयन डिष्टिलरीको २७ करोड ९१ लाख, जोशी हाइड्रोपावरको १२ करोड ४६ लाख र जानकी फाइनान्सको ११ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसअघि आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा झर्दा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।