नबिल ‘एसएसई फेलोशिप’को चौथो ब्याजलाई स्वागत, सामाजिक उद्यमबारे प्रशिक्षण दिइने

बिजमाण्डू
२०८१ मंसिर २४ गते १४:४१ | Dec 9, 2024
नबिल ‘एसएसई फेलोशिप’को चौथो ब्याजलाई स्वागत, सामाजिक उद्यमबारे प्रशिक्षण दिइने

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ। यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ।

Tata
GBIME
NLIC

बैंकले चौथो ब्याचको कार्यक्रमका लागि गत साउनमा आवेदन खुल्ला गरेको थियो। बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि नि:शुल्क तालिम यस कार्यक्रम मार्फत दिने गर्छ।

यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ।

नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्ने यो कार्यक्रममा सहभागीहरु विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रबारे आवश्यक तालिम प्राप्त गर्नेछन् ।

तालिमपछि उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि सहयोग प्राप्त गर्नेछन्। यसले उनीहरुलाई दीर्घकालीन सफलता प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

हालसम्म नबिल एसएसई अभियान अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरिसकेका छन्। त्यसमध्ये ८० प्रतिशतले उद्यम स्थापना गरेका छन्। १ हजार २०० जनाले यसबाट प्रत्यक्ष रोजगारी पाएका छन्।

यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरि रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत सहयोग पुगेको बैंकले जनाएको छ। साथै उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको बैंकले जनाएको छ।

नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भएको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमले आफुहरुलाई गर्व महसुस भएको बताए।

‘विभिन्न फोरमहरुमा तिमिहरुले के गर्‍यौ भनेर प्रश्न आउँदा हामीले नबिल एसएसई फेलोशिप गरिरेहका छौ भनेर जवाफ दिन सक्ने भएका छौं,’उनले भने,’ २०७८ बाट सुरु गरेको यो कार्यक्रमले निरन्तरता पाइरहेको छ। अहिलेसम्म सम्पन्न भएका तीन वटा ब्याजबाट ४५ वटा इन्टर्प्रोइजेट स्थापना भइ १२ सय जनाले रोजगारी प्राप्त गरेका छन।’

६ महिनाको कोर्स पश्चात पनि बैंकले सहभागीहरुलाई अन्य विविध क्षेत्र र विषयमा सहयोग जारी राख्ने जनाएको छ।