भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो युरोपेली उपग्रह प्रोबा-३ बोकेको पीएसएलभी-५९ रकेट

बिजमाण्डू
२०८१ मंसिर २२ गते १७:२६ | Dec 7, 2024
भारतले सफलतापूर्वक प्रक्षेपण गर्‍यो युरोपेली उपग्रह प्रोबा-३ बोकेको पीएसएलभी-५९ रकेट
Photo: European Space Agency

भारतको अन्तरिक्ष एजेन्सी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा-३ उपग्रहहरू बोकेको पीएसएलभी-५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

Tata
GBIME
NLIC

इसरोले अन्तरिक्ष विभाग (डीओएस) को प्रमुख अनुसन्धान र विकास शाखाका रूपमा काम गर्दछ। एजेन्सीले स्याटलाइट नेभिगेसन प्रणालीहरू संचालन गर्दछ। हालसम्म यसले चन्द्रमामा ३ वटा र मंगल ग्रहमा एउटा मिशन पठाएको छ।

उक्त प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो।

पीएसएलभी रकेटमा रहेको प्रोबा-३ मिसनका दुई उपग्रहहरू प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएको इसरोले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।