सुदूरपश्चिमका सैफको सानदार अर्धशतक, लुम्बिनीलाई १ सय ८८ रनको लक्ष्य

बिजमाण्डू
२०८१ मंसिर २२ गते १०:४९ | Dec 7, 2024
सुदूरपश्चिमका सैफको सानदार अर्धशतक, लुम्बिनीलाई १ सय ८८ रनको लक्ष्य
ब्याटिङमा सुदूरपश्चिमका जैब। तस्बिर: एनपीएल

काठमाडौं। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध १ सय ८८ रनको चुनौती प्रस्तुत गरेको छ।

Tata
GBIME

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको हो।

पहिलो विकेटका लागि ओपनरद्वय सैफ जैब र विनोद भण्डारीले ४९ रनको साझेदारी गर्दै औसत सुरुवात गरे। ६.३ ओभरमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले १७ रन बनाएका भण्डारीलाई सुन्दीप जोराबाट क्याचआउट गराउँदै पहिलो सफलता हात पारे।

लुम्बिनीका लागि दोस्रो सफलता विवेककुमार यादवले हात पारे। उनले २० बलमा २३ रन बनाएका ब्राण्डन म्याकमुलनलाई क्यानडेली पूर्वकप्तान साद बिन जफरबाट क्याच थमाए।

१३.४ ओभरमा १०६ दुईको अवस्थामा रहेको लुम्बिनीको स्कोर उकास्न जैब र दीपेन्द्रसिंह ऐरीले ५३ रनको साझेदारी गरे।

सुदूरपश्चिमका लागि सर्वाधिक ९० रन बनाएका जैब रामोन सिमोन्डको बलमा आकाश चन्दबाट क्याचआउट भए। जैबले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

जैबको ब्याटिङ प्रदर्शन। ग्राफिक्स: एनपीएल

उनैले लगत्तै अर्को बलमा आरिफ शेखलाई सादबिन जफरबाट क्याचआउट गराउँदै पभेलियन फर्काए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ३९ रन बनाए। अर्कोतर्फ स्कट कुगेलेइ ११ रन बनाउँदै अविजित रहे।

बलिङतर्फ रामन सिमोन्ड्सले २ विकेट लिँदा रोहित पौडेल र विवेक यादवले समान १ विकेट लिए।

लुम्बिनी जवाफी ब्याटिङमा उत्रिएको छ।

सम्बन्धित समाचार: सुदूरपश्चिम रोयल्स टस हारेर ब्याटिङ गर्दै, दुई हारले दवाबमा छ लुम्बिनी लायन्स