सुदूरपश्चिम रोयल्स टस हारेर ब्याटिङ गर्दै, दुई हारले दवाबमा छ लुम्बिनी लायन्स

बिजमाण्डू
२०८१ मंसिर २२ गते ०९:०१ | Dec 7, 2024
सुदूरपश्चिम रोयल्स टस हारेर ब्याटिङ गर्दै, दुई हारले दवाबमा छ लुम्बिनी लायन्स

काठमाडौं। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध सुरुवाती ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर सुदूरपश्चिमलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME

जारी प्रतियोगिताको अंकतालिकामा सुदूरपश्चिम दोस्रो स्थानको र लुम्बिनी लायन्स तालिकाको पुछारको टोली हो।

यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्ससमाथि ९० रन र काठमाडौं गुर्खाजमाथि ७३ रनको प्रभावशाली जित निकालेको थियो। अंकतालिकामा यो टोलीको ४ अंक छ।

अर्कोतर्फ लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग खेलेको थियो। उक्त खेलमा २ विकेटको हार ब्यहोरेको लुम्बिनीले दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजय ब्यहोर्‍यो। लुम्बिनीले ब्याटिङमा ठीकठाक प्रदर्शन गरिरहे पनि बलिङमा कमजोर प्रदर्शन गर्दा हार ब्यहोरिरहेको छ। आजको खेलमा जितको दवाब लुम्बिनीमाथि बढी छ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स दिउँसो १ बजे आमनेसामने हुनेछन्।