एनसेलद्वारा त्रिवि मैदानमा एनपीएलका लागि नेटवर्क बुस्ट र हटस्पट सुविधा

बिजमाण्डू
२०८१ मंसिर २० गते २०:४१ | Dec 5, 2024
एनसेलद्वारा त्रिवि मैदानमा एनपीएलका लागि नेटवर्क बुस्ट र हटस्पट सुविधा

काठमाडौं। एनसेलले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु हेर्न आउने ग्राहकहरूका लागि विभिन्न पाँच स्थानमा १३ वटा सेल राखेर सेवा प्रदान गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीका अनुसार, क्रिकेटप्रेमी दर्शकहरूलाई मैदानमा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न यो व्यवस्था गरिएको हो। उक्त स्थानमा ठूलो क्षमताको राम्रो सेलुलर नेटवर्क प्रदान गर्न एनसेलले एनपीएलका खेल सुरु हुनु पहिलादेखि नै केही तयारी गरिरहेको थियो। ग्राहकहरूले सेवाको उत्कृष्ट अनुभव पाउन नेटवर्क सुधार गरिएको एनसेलले जनाएको छ।

‘खेल भईरहेको समयमा पनि हाम्रो प्राविधिक टोलीले निरन्तर अनुगमन गर्दै नेटवर्कको आवश्यक ट्युनिङ गरिरहेको हुन्छ,’  एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले भनिन्, ‘खेल हेर्न आउने एनसेल ग्राहकबाहेक अन्य दर्शकलाई ध्यानमा राखेर हामीले एनसेल हटस्पटको समेत व्यवस्था गरेका छौं।’

एनसेलले मैदानमा १० भन्दा बढी हटस्पट जडान गरेको छ, जसले डेटाको ट्राफिक व्यवस्थापन गर्ने पर्याप्त क्षमता राख्दछ।  

एनपीएलसँगै सेवा प्रदायकहरूको डाटा खपतमा पनि वृद्धि भएको छ।

एनसेलले एनपीएललाई सामाजिक कार्यसँग जोड्दै एनपीएलभरी हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री पनि प्रदान गर्दैछ। शैक्षिक सामग्री दुर्गम तथा ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रदान गरिने एनसेलले जनाएको छ। 

एनपीएलमा एनसेल पार्टनरमध्ये एक हो भने लुम्बिनी लायन्सको मुख्य प्रायोजक हो।