
काठमाडौं। सेयर बजार परिसूचक १५.९३ अंकले घटेको छ। २७५०.८७ विन्दुमा खुलेको बजार अन्तिममा २७३४.९३ विन्दु कायम भएको छ।
४० कम्पनीका लगानीकर्ताले कमाउँदा २०१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। घटेको बजारमा खानीखोला र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशत अर्थात प्रति कित्ता २६० रुपैयाँ घटेको छ।
बजारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल फाइनान्सको सबैभन्दा धेरै ४२ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ।