श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, बोनस सेयर १‍.८५ प्रतिशत

बिजमाण्डू
२०८१ मंसिर १९ गते ११:१७ | Dec 4, 2024
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, बोनस सेयर १‍.८५ प्रतिशत

काठमाडौं। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १.९६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

Tata
GBIME
NLIC

फाइनान्सको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १‍.८५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.०९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन् ।