नाडा र सीसीपीआईटी अटोबीच सम्झौता, नेपाली अटो बजारमा चिनियाँ लगानी प्रवर्धन गरिने

बिजमाण्डू
२०८१ मंसिर १८ गते १८:५७ | Dec 3, 2024
नाडा र सीसीपीआईटी अटोबीच सम्झौता, नेपाली अटो बजारमा चिनियाँ लगानी प्रवर्धन गरिने

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चिनियाँ काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड अटोमोबाइल सब–काउन्सिल (सीसीपीआईटी)बीच सहकार्यको सम्झौता भएको छ।

Tata
GBIME

प्रधानमन्त्री केपी शर्मा ओलीसँगि चीन पुगेका नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीले सीसीपीआईटीसँग व्यापार प्रवर्धन र सहकार्यको सम्झौता गरेका हुन्।

सम्झौताले व्यापार प्रवर्धनका साथै नेपालमा अटोमोबाइल उद्योगको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने नाडाले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

सम्झौता अनुसार नाडाले नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्नेछ भने सीसीपीआईटीले नेपालमा चिनियाँ लगानी प्रवर्धन गर्नुका साथै प्रविधि आदानप्रदानमा सहयोग गर्नेछ।

सम्झौता अनुसार काम गर्नका लागि संयुक्त कार्य समूह गठन गरिने नाडाले जनाएको छ।