एनपीएलमा सट्टेबाजी गर्ने समातिए, एसपीको नेतृत्वमा सादा पोसाकमा टोली परिचालन

बिजमाण्डू
२०८१ मंसिर १८ गते १३:२३ | Dec 3, 2024
एनपीएलमा सट्टेबाजी गर्ने समातिए, एसपीको नेतृत्वमा सादा पोसाकमा टोली परिचालन


काठमाडौं। कीर्तिपुरमा भइरहेको नेपाल प्रिमियम लिग (एनपीएल)मा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले मंगलबार भइहेको खेलमा सट्टेबाजी गर्ने दुई जनालाई पक्राउ गरेको हो। यसअघि सोमबार पनि ब्यूरोको टोलीले दुई जनालाई बेटिङ गरिरहेको अभियोगमा पक्राउ गरेको थियो।

एनसपीएलमा सट्टेबाजी हुने आशंकमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सीआइबीले पनि एक एसपीको कमाण्ड टोली परिचालन गरेको छ।

विभिन्न एपहरुको प्रयोग गरेर युवाहरुले अनलाइन सट्टेबाजी गर्ने गरेका देखिएको छ।