काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ। सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत बोनस सेयर पाउनेछन्। विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको साधारणसभाबाट स्वीकृति भएपछि सेयरधनीले प्रतिफल प्राप्त गर्नेछन्।
कम्पनीले पुस ११ गते बुक क्लोज र २८ गते साधारण सभा मिति तोकेको छ। माउन्टेन इनर्जीको हाल चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।