काठमाडौंमा ३ दिन बयानपछि आज बिहान विमानमार्फत रवि लामिछानेलाई लगियो चितवन

बिजमाण्डू
२०८१ मंसिर १८ गते ०९:१५ | Dec 3, 2024
काठमाडौंमा ३ दिन बयानपछि आज बिहान विमानमार्फत रवि लामिछानेलाई लगियो चितवन


काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ।

Tata
GBIME
NLIC

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले तीन दिन लगाएर बयान लिएको भोलिपल्ट उनलाई मंगलबार बिहान बुद्ध एयरको विमानबाट चितवन लगिएको हो।

उनलाई स्वर्णलक्ष्मी सहकारीको रकम ठगीमा बयान लिन बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबार बयान सुरु गरिएकामा सोमबार बल्ल सकिएको थियो।

रविले बयानका क्रममा सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। उनले आफू गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहे पनि अध्यक्ष जीबी राईले कहाँबाट रकम ल्याएको भन्नेबारेमा थाहा नभएको बयान दिएको एक कर्मचारीले बताए।

पोखराको सूर्यदर्शन सहकारी ठगी गरेको आरोपमा रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरि पोखरा लगिएको थियो।

यो बीचमा रविलाई सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि भन्दै बयानका लागि बुटवल लगिएको थियो। उनीमाथि चितवनको सहारा सहकारीको पनि रकम अपचलन गरेको आरोप छ।

चितवन जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरिसकेका उनलाई काठमाडौंबाट चितवन पठाइएको हो।

वीरगंजमा रहेको सानो पाइला सहकारीको रकम पनि गोर्खा मिडियामा गएको देखिएको छ। तर, त्यहाँ अहिलेसम्म रविविरुद्ध उजुरी परेको छैन।