रोल्पामा सवारीचालकसँग घुस लिएको अवस्थामा सई समातिए, अख्तियारले अनुसन्धान गर्दै

बिजमाण्डू
२०८१ मंसिर १७ गते १५:४२ | Dec 2, 2024
रोल्पामा सवारीचालकसँग घुस लिएको अवस्थामा सई समातिए, अख्तियारले अनुसन्धान गर्दै


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख ललितकुमार बुढाथोकीलाई अख्तियारको टोलीले सोमबार घुस रकमसहित नियन्त्रणमा लिएको हो।

सवारीसाधनहरुलाई आवतजावत गर्न सहजिकरण गरिदिएबापत घुस माग गरिरहेको भन्‍ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले २५ हजार रुपैयाँ घुससहित उनलाई नियन्त्रणमा लिएको हो।

घुसको रकमसहित रोल्पा नगरपालिका-४ स्थित निजको निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।