सिद्धार्थ हस्पिटालिटी ग्रुप कर्णालीका रैथाने उत्पादन प्रवर्धनमा, रिसोर्टको सपमा मार्सी चामल

बिजमाण्डू
२०८१ मंसिर १७ गते १३:५१ | Dec 2, 2024
सिद्धार्थ हस्पिटालिटी ग्रुप कर्णालीका रैथाने उत्पादन प्रवर्धनमा, रिसोर्टको सपमा मार्सी चामल

काठमाडौं। सिद्धार्थ हस्पिटालीटी ग्रुपले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्धन गर्ने भन्दै सिद्धार्थ सन्नी रिसोर्टमा स्थानीय उत्पादनसहितको सोभिनियर सप सञ्चालनमा ल्याएको छ।

Tata
GBIME

चार तारे होटल परिसरमा सोभिनियर सप सञ्चालनमा ल्याएको अपरेसन म्यानेजर रामकृष्ण तिमल्सेनाले बताए।

‘यहाँ आउने सेवाग्राहीले कर्णालीको चिनोका रुपमा अर्गानिक उत्पादन लैजान सकुन् भन्ने उद्देश्यले यसको सुरुवात गरिएको हो,’ उनले भने, ‘हाम्रो यो प्रयासबाट कर्णालीका किसानलाई प्रोत्साहन मिल्ने विश्वास छ।’

उनका अनुसार सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायत उत्पादन राखिएको छ। राउटे र अन्य समुदायले बनाएका काठका सामग्री, थारू समुदायले बनाएका ढकिया, डालो, डोकोलगायत सामग्री समेत सोभेनियर सपमा राखिएको छ।

प्राय: होटलका सोभेनियर सपमा गरगहना र कपडा राख्ने  चलन भए पनि सिद्धार्थ सन्नी रिसोर्टले भने रैथाने उत्पादन राखेको हो।