मितेरी डेभलपमेन्ट बैंकको सीइओमा अनन्त चापागाँई नियुक्त, कार्यकाल ४ वर्षको

बिजमाण्डू
२०८१ मंसिर १६ गते १६:५२ | Dec 1, 2024
मितेरी डेभलपमेन्ट बैंकको सीइओमा अनन्त चापागाँई नियुक्त, कार्यकाल ४ वर्षको

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा अनन्त चापागाँई नियुक्त्त भएका छन्।

Tata
GBIME

शनिबार बसेको संचालक समितिको बैठकले सीइओमा चापागाँईलाई नियुक्त्त गर्ने निर्णय गरेको हो।

उनलाई माघ १ गतेदेखि लागू हुने गरि आगामी ४ वर्षको लागि सीइओ नियुक्त्त गरिएको बैंकले जनाएको छ।

उनी यसअघि प्राइम कमर्सियल बैंकको कामु नयाव महाप्रबन्क थिए। त्यसअघि उनले तत्कालिन लुम्बिनी बैंकमा काम गरेका थिए। उनीसँग एभरेष्ट बैंकमा काम गरेको समेत अनुभव छ। उनले बैंकिङ करियर भने नबिल बैंकबाट सुरु गरेका हुन्।