सेयर बजारमा गिरावट, नेप्से ९.९९ अंकले घट्दा ८ अर्ब ८३ करोडको कारोबार

बिजमाण्डू
२०८१ मंसिर १६ गते १५:२६ | Dec 1, 2024
सेयर बजारमा गिरावट, नेप्से ९.९९ अंकले घट्दा ८ अर्ब ८३ करोडको कारोबार

काठमाडौं। आइतबार सेयर बजारमा गिरावट आएको छ। बजार खुलेदेखि उतारचढाव देखिएको नेेप्से परिसूचक ९.९९ घटेर २७३८.०६ विन्दुमा आएको छ। घटेको बजारमा पनि ४ विकास बैंकसहित ५ कम्पनीको सेयरमूल्य बढेर सर्किट लागेको छ।

Tata
GBIME

कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन र ट्रेडिङ बाहेकका १० उपसमूहले बजार घटाएका हुन्। १७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

६३ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे। विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका ५ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

८ अर्ब ८३ करोड २२ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एक्सल डेभलपमेन्ट बैंकको ३४ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट २८ करोड ९० लाख र नेपाल फाइनान्सको २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।