क्रिकेटको उमंगसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु, क्रिकेट हेर्न अझ सजिलो

बिजमाण्डू
२०८१ मंसिर १५ गते १३:३४ | Nov 30, 2024
क्रिकेटको उमंगसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु, क्रिकेट हेर्न अझ सजिलो

काठमाडौं। अत्यन्तै व्यग्रताका साथ प्रतीक्षा गरिएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल सुरु भएको छ। एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सधैं अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु ल्याएको छ।

Tata
GBIME
NLIC

यी अफरहरू अन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्ने जनाइएको छ। यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ।

यी प्याकहरु लिने ग्राहक एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नका लागि पनि योग्य हुनेछन्। ‘सधैं अन’ प्याक अन्तर्गत ग्राहकहरूले ३९९ देखि रु. १४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउँछन्।

यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भए पनि हेर्न सक्ने एनसेलले जनाएको छ।

त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ। ग्राहकहरूले ५० रुपैयाँमा १ दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन्। रु. १२५ (३ दिन), रु. १९९ (७ दिन) र रु. ९९९ (२८ दिन) समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइनमार्फत लिन सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक छन्। ७ दिनका लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ। माथि उल्लिखित सधैं अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुने जनाइएको छ।

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएसमार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन्। एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसीमा), रु. १०० क्यासब्याक (१ दिनको समयसीमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसीमा) पाउन सक्छन्।

त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ। यो सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलका लागि सहकार्य गरेका छन्। यो साझेदारीअन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पावर्ड बाई पार्टनरको रुपमा एनसेल छ।

यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको जनाएको छ।

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ। क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो।