काठमाडौंमा सुरु भयो रवि लामिछानेको बयान, दुई दिनभित्र बयान सक्ने तयारी

बिजमाण्डू
२०८१ मंसिर १४ गते १०:३३ | Nov 29, 2024
काठमाडौंमा सुरु भयो रवि लामिछानेको बयान, दुई दिनभित्र बयान सक्ने तयारी


काठमाडौं । बिहीबार काठमाडौं ल्याइएका पूर्व उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बिहान ९ बजेदेखि उनको बयान लिन थालिएको हो।

Tata
GBIME
NLIC

बयानको लागि बिहीबार नै कर्मचारीलाई चाँडै उपस्थित हुन भनिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सोधपुछ गर्न बिहिबार साँझ काठमाडौं ल्याइएको हो।

४१ दिनदेखि उनी पोखराको सूर्य दर्शन सहकारीको ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा छन्।

लामिछानेसँग दुई दिन भित्र बयान सकाएर उनलाई पुनः पोखरा नै लग्ने तयारी प्रहरीको छ। यसअघि गोर्खा मिडियाका अर्का सञ्चालक पूर्व डिआइजी छविलाल जोशीसँग पनि काठमाडौंमा बयान लिइएको थियो।

देशका विभिन्न चारवटा सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडियामा आएको देखिएपछि प्रहरीले अहिले जिल्ला जिल्लामा अनुसन्धान गरिरहेको छ। त्यसैको क्रममा रवि लामिछानेलाई पोखरा, बुटवल र काठमाडौं पुर्‍याएको हो।

प्रहरीले असोज २ गते उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो।