
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले असोज मसान्तसम्म आर्जन गरेको नाफा पोहोर तीन महिनाको तुलनामा २९.२१ प्रतिशत धेरै हो।
रिइन्स्योरेन्सले गत वर्ष पहिलो त्रैमासमा १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको व्यापार वृद्धि हुँदा खुद नाफा बढेको हो।
खुद बीमा शुल्क आर्जन १०.९५ प्रतिशत वृद्धि भएर ९२ करोड ४४ लाख रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्ष तीन महिनामा ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
लगानी आम्दानी १८ करोड ४३ लाख रुपैयाँबाट ६९.३६ प्रतिशतले बढेर ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ। प्रति सेयर आम्दानी ८.७१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५२.६१ रुपैयाँ रहेको छ।