प्रभु महालक्ष्मी लाइफले कमायो १२ करोड ६२ लाख नाफा, प्रति सेयर आम्दानी १०.६९ रुपैयाँ

बिजमाण्डू
२०८१ कात्तिक २६ गते १०:१२ | Nov 11, 2024
प्रभु महालक्ष्मी लाइफले कमायो १२ करोड ६२ लाख नाफा, प्रति सेयर आम्दानी १०.६९ रुपैयाँ

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा १२ करोड ६२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Tata
GBIME

कम्पनीले यस वर्षको तीन महिनामा गरेको आम्दानी पोहोर सोही अवधिको तुलनामा २५.७३ प्रतिशत धेरै हो। कम्पनीले गत वर्ष असोज मसान्तसम्म १० करोड ३ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो।

कम्पनीले खुद प्रिमियम आर्जन ४.१८ प्रतिशत वृद्धि गरेको छ। पोहोर तीन महिनामा १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ प्रिमियम आर्जन गरेकामा यस वर्ष सोही अवधिमा १ अर्ब १७ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ।

इन्स्योरेन्सले खुद आम्दानी ११.६७ प्रतिशत बढाएको छ। गत वर्ष असोजसम्म १ अर्ब ४१ करोड कुल आम्दानी गरेकामा यस वर्ष सोही अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ कमाएको छ।

कम्पनीले लगानीबाट ३० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम पोहोरको तुलनामा १२.८५ प्रतिशतले धेरै हो। कम्पनीले गत वर्ष लगानीबाट २६ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ। प्रति सेयर आम्दानी १०.६९ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११९.३४ रुपैयाँ रहेको छ।