ह्यात रिजेन्सीले केक मिक्सिङ समारोह गरेर स्वागत गर्‍यो ‘फेस्टिभ सिजन’, काठमाडौंकै ठूलो सेटअप

बिजमाण्डू
२०८१ कात्तिक २५ गते ११:५२ | Nov 10, 2024
ह्यात रिजेन्सीले केक मिक्सिङ समारोह गरेर स्वागत गर्‍यो ‘फेस्टिभ सिजन’, काठमाडौंकै ठूलो सेटअप


काठमाडौं । ह्यात रिजेन्सी काठमाडौंले गत शुक्रबार केक मिक्सिङ समारोह सम्पन्न गरेको छ। क्रिसमस र नयाँ वर्षको ‘फेस्टिभ सिजन’को आगमनलाई मध्यनजर गर्दै रिजेन्सीले हरेक वर्ष केक मिक्सिङ उत्सव आयोजना गर्दै आएको छ।

Tata
GBIME
NLIC

यसपटक यो समारोहको आकर्षण २४ फिट चौडा केक मिक्सिङ टेबल थियो। रिजेन्सीले यस वर्ष काठमाडौंकै ठूलो केक मिक्सिङ सेटअप निर्माण गरेर अविस्मरणीय अनुभव सिर्जना गरेको उल्लेख गरेको छ।

आयोजित कार्यक्रममा राजदूतहरू, इन्फ्लूसर्स, ब्लगर्ससँगै विशिष्ट अतिथिहरू सहभागी थिए। सो कार्यक्रममा एक्जुकेटिभ शेफ सुभेन्दु राय र उनको टोलीद्वारा तयार गरिएका उत्कृष्ट परिकारहरु पस्किएको थियो।  

केक मिक्सिङ समारोहले एकताको भावनामा आधरित परम्परालाई दर्साउँछ। क्रिसमससँगै सन् २०२५ को स्वागतमा अब बिदाका दिनहरु विश्वभर सुरु हुने गर्छ। त्यसैले यो समारोहले ‘होलिडे सिजन’ सुरु हुन लागेको संकेत पनि दिन्छ।

ह्यात रिजेन्सीका महाप्रबन्धक आशिक कुमारले केक मिक्सिङ परम्परालाई निरन्तरता दिँदै सबैजनलाई एकसाथ ल्याउन पाउँदा खुसी भएको बताएका छन्।