बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, इन्स्योरेन्सले भुक्तानी गरे ४७ करोड

बिजमाण्डू
२०८१ कात्तिक २३ गते १६:४२ | Nov 8, 2024
बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, इन्स्योरेन्सले भुक्तानी गरे ४७ करोड

काठमाडौं। असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोले पुर्‍याएको क्षतिमा साढे दश अर्ब रुपैयाँको दाबी परेको छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० सम्म १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानीको माग परेको हो। डेढ दर्जन इन्स्योरेन्स कम्पनीमा ३ हजार ४६० वटा दाबी परेको छ।

निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सर्वाधिक २ अर्ब ५६ करोड रुपैयाँको दाबी परेको छ। यो कम्पनीले ७ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

शिखर इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ दाबी परेकामा २५ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ।

सम्पत्ति बीमाको दाबी सबैभन्दा धेरै ७ अर्ब ९१ करोड रुपैयाँको परेको छ। इन्स्योरेन्सल कम्पनीले सम्पत्ति बीमाको दाबीमा ३८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाबापत २ अर्ब ६ करोडको दाबी परेकामा कम्पनीहरुले १ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेका छन्।