काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाल-भारत बस सेवा संचालनका लागि १० वटा बस हस्तान्तरण गरेको छ।
रुपन्देहीको पत्थर डाँडामा मंगलबार सिप्रदीले टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको हो।
त्रिशक्ति पशुपति दर्शन यातायात पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा संचालनमा छ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्लीसम्मको अन्तरदेशीय यात्राको लागि संचालनमा आउने त्रिशक्ति पशुपति दर्शन यातायातले जनाएको छ।
टाटा एलपीओ १६२२/६२ बीएस६ माग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मापदण्डमा आधारित इन्जिन प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउने कम्पनीको दाबी छ। यस प्रकारको आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ।
बीएस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्चगुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउने दाबी कम्पनीको छ।
‘अत्याधुनिक माग्ना गाडीहरुले पर्यटकीय विकासमा विशेष टेवा पुर्याउने विश्वास हामीले लिएका छौं। साथै अन्तरदेशीय यात्रा यति सुगम हुँदा दुई देश बीच सांस्कृतिक आदानप्रदान र धार्मिक सहिष्णुता अझ बढ्नेछ,’ सिप्रदीका कमर्सियल युनिटका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले बताए।