बीमा पोलिसी तीन महिनामा ३ अर्ब ८२ करोडको सरेन्डर, कुन कम्पनीको कति ?

बिजमाण्डू
२०८१ कात्तिक २० गते १२:१८ | Nov 5, 2024
बीमा पोलिसी तीन महिनामा ३ अर्ब ८२ करोडको सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बिमितले ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन्।

Tata
GBIME
NLIC

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा लाइफ इन्स्योरेन्सका बीमितले २८ हजार ५७ बीमालेख त्यागेका हुन्।

लाइफ इन्स्योरेन्स कर्पोरेसनका बिमितले मात्र १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बराबरको ७ हजार ७३१ पोलिसी सरेन्डर गरेका छन्।

यस्तै, नेपाल लाइफका बिमितले १ अर्ब ८ करोड ५४ लाख बराबरको ६ हजार ५४६ पोलिसी त्यागेका छन्।

कम्पनीहरुले यो वर्ष पहिलो त्रैमासमा ७ अर्ब ६६ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्। नयाँ व्यवसाय विस्तारको तुलनामा पोलिसी सरेन्डर आधा हो।