नेपाली कम्पनी बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत

बिजमाण्डू
२०८१ कात्तिक २० गते ११:१६ | Nov 5, 2024
नेपाली कम्पनी बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत

काठमाडौं। नेपालको बिजसर्भ आइटी सोसाइटी फर वर्ल्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन्स (स्वीफ्ट)को ग्राहक सुरक्षा कार्यक्रम (सीएसपी)अन्तर्गत सर्टिफाइड एसेसरमा सूचीकृत भएको छ। सन् २०२४ मा स्वीफ्टले तोकेका सर्त तथा मापदण्ड पूरा गरेसँगै कम्पनी सर्टिफाइड एसेसरको सूचीमा अटाएको हो।

Tata
GBIME

सूचीकृत भएसँगै बिजसर्भ आइटी स्वीफ्टको सीएसपी एसेसमेन्ट्सका लागि विश्वभर भरपर्दो सेवा प्रदायक बनेको छ।

सन् २०२४ को सुरुवातमा स्वीफ्टले सर्टिफाइड एसेसरका लागि संशोधित मापदण्ड लागू गरेको थियो। जसअन्तर्गत स्वीफ्ट सीएसपी एसेसर सर्टिफिकेसन परीक्षा उत्तीर्ण गरेका कम्तीमा दुईजना व्यक्तिलाई सेवा प्रदायकले नियुक्त गर्नुपर्ने मापदण्ड ल्यायो। यीलगायत अन्य मापदण्ड पूरा गरेसँगै बिजसर्भ आइटी नेपालका लागि स्वीफ्टको पहिलो सर्टिफाइड एसेसरमा सूचीकृत भएको कम्पनीले जनाएको छ।

गत महिनासम्म विश्वभरबाट जम्मा ४८ संस्थाले मात्रै यो सर्टिफिकेसन हात पारेका छन्।